पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा रहेका ५३ अस्थायी टहरा हटाइएका छन्।
ती टहरा करिब तीन दशकदेखि विद्यालयको जग्गा अतिक्रमण गरी सञ्चालन हुँदै आएका थिए।
विद्यालय प्रशासनको सूचना, अदालतको फैसला र अन्तिम समयसीमापछि व्यवसायीहरूले सामान हटाउँदै संरचना खाली गरेका हुन्।
यससँगै उक्त जग्गा अब पूर्ण रूपमा विद्यालयको स्वामित्व र प्रयोगमा आएको छ।


