एजेन्सी — अमेरिका र इजरायलबीच जारी द्वन्द्वका कारण इरानसहित पश्चिम एसियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ।
इरानमा ३ हजार ५१९ जनाको मृत्यु भइसकेको छ, जसमा सर्वसाधारण र बालबालिका पनि छन्। लेबनानमा १ हजार ३१८ र इराकमा १०० भन्दा बढीको मृत्यु भएको छ। इजरायलमा १९ र अमेरिकामा पनि केही सैनिकको ज्यान गएको छ।
मानवअधिकार समूह र उद्धार निकायहरूले करिब १९ हजार घाइते भएको अनुमान गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको आग्रह गरिरहेको छ, तर स्थिति अझै तनावपूर्ण छ।


