काठमाडौं । बाढीले क्षति पुर्याएको बीपी राजमार्गको भकुण्डेबेशी–नेपालथोक खण्डमा असार १५ भित्रै मुख्य सडकको किनाराबाट सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।
सडक डिभिजन भक्तपुरका अनुसार वर्षायामअघि नै वैकल्पिक डाइभर्सनको सट्टा स्थायी संरचनामार्फत यातायात सुचारु गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। पुनर्निर्माण भइरहेको २९ किलोमिटर सडकखण्डलाई स्तरोन्नति गर्दै दुई लेनको मानक सडक बनाइँदैछ।


