Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आइतबार ओपीडी बन्द गर्ने निर्णय पुनः लागू

आइतबार ओपीडी बन्द गर्ने निर्णय पुनः लागू

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सरकारी अस्पतालको ओपीडी सेवा आइतबार बन्द रहने व्यवस्था पुनः कायम गरेको छ।

यसअघि मन्त्रालयले आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरे पनि चिकित्सकहरूको असहमतिपछि पुरानै व्यवस्था लागू गरिएको हो। अब सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा रहनेछ।

मन्त्रालयका अनुसार आकस्मिक र अन्तरंग सेवा भने २४ सै घण्टा सञ्चालनमा रहनेछन्। आइतबारका लागि तय भएका शल्यक्रिया लगायत सेवा आवश्यकताअनुसार पुनः तालिका मिलाइनेछ।

बिदाका दिनमा सेवा प्रभावित नहोस् भनेर बिरामीलाई आवश्यक परे नजिकको अस्पतालमा रिफर गर्ने र एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *