नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने प्रक्रियामा पुगेका छन्।
सिंहदरबारमा जारी दलको बैठकले आङ्देम्बेको नाम टुंग्याउने तयारी गरेको छ। यसअघि केन्द्रीय कार्यसम्पादन समितिले पनि उनलाई सर्वसम्मत बनाउन निर्णय गरेको थियो।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समेत आङ्देम्बेलाई समर्थन जनाएको नेताहरूले बताएका छन्।


