Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आङ्देम्बेले वडामै पुगेर गरे कांग्रेस सदस्यता अद्यावधिक

आङ्देम्बेले वडामै पुगेर गरे कांग्रेस सदस्यता अद्यावधिक

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आफ्नो गृहजिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ स्थित वडा कार्यालयमै पुगेर पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।

कांग्रेसले वैशाखभित्र सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ। अद्यावधिक नगर्ने सदस्यहरूले आगामी १५औँ महाधिवेशनमा भाग लिन नपाउने व्यवस्था गरिएको छ। पार्टीले असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ।

यसअघि सभापति, उपसभापति तथा केही शीर्ष नेताहरूले पनि वडामै पुगेर सदस्यता अद्यावधिक गरिसकेका छन्। तर केही नेताहरू भने हालको प्रक्रियाप्रति असहमति जनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *