Friday, June 05, 2026
Home > आर्थिक समाचार > आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको छ।

असार पहिलो हप्तासम्म घर–घर तथा प्रतिष्ठानस्तरमा तथ्याङ्क संकलन गरिनेछ। उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, सरकारी तथा निजी संस्थासहित १८ क्षेत्रको विवरण संकलन गरिनेछ।

सरकारले यस गणनालाई देशको आर्थिक अवस्था र रोजगारी संरचना बुझ्न महत्वपूर्ण आधार हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *