सुर्खेत । कुलमान घिसिङले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।
कर्णाली प्रदेशको कार्यक्रममा बोल्दै उनले विकट क्षेत्र भएकाले कर्णाली प्रदेशमा इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताएका छन्। उनका अनुसार पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि जनताको आवागमन र आर्थिक गतिविधिमा थप बोझ बन्नेछ।
घिसिङले विद्युत् प्रसारण लाइन विस्तार र कर्णालीको विद्युतीकरणमा ठूलो लगानी सुनिश्चित गरिएको पनि बताएका छन्।


