चैत ६, २०८२ शुक्रबार इरानले होर्मुज क्षेत्रबाट नेपाली नागरिक अमृत झालाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले ६ चैतमा पत्रकार सम्मेलनमा पक्राउको पुष्टि गरेका छन्। अमृत झा पानी जहाजमा कार्यरत थिए, जहाँ इरानले जहाजका सबै क्रू सदस्यलाई नियन्त्रणमा लिएको थियो। पारिवारिक सदस्यहरूले परराष्ट्रलाई यसबारे जानकारी गराएका थिए ।


