एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्धको कारबाहीमा अपेक्षित समर्थन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेटो का अधिकांश सदस्य राष्ट्रहरूले प्रत्यक्ष सहभागिता नजनाएपछि ट्रम्पले सहयोगी देशहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले इरानलाई आणविक हतियार नदिन सबै सहमत भए पनि युद्धमा साथ नदिएको भन्दै अमेरिका आफ्नै क्षमतामा अघि बढ्न सक्षम रहेको बताएका छन्।


