Home > Uncategorized

प्रचण्डको स्वास्थ्यमा सुधार, केही दिन अस्पतालमै उपचार हुने

निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। पार्टीका अनुसार चिकित्सकको सल्लाहअनुसार उनी एक–दुई दिन थप अस्पतालमै बसेर उपचार गराउनेछन्। शनिबार स्वास्थ्यमा असहजता भएपछि उनलाई ललितपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो।

Read More

इरानको दाबी– अमेरिकी ड्रोन खसाल्यौं, ट्रम्प भन्छन्: सम्झौतामा हतार छैन

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स ले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। इरानले अमेरिकी गतिविधिविरुद्ध आवश्यक परे थप जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ। यता डोनाल्ड ट्रम्प ले इरानसँग सम्झौता गर्न आफूलाई हतार नभएको बताएका छन्। उनले राम्रो सम्झौता सम्भव भए वार्ताबाटै समाधान खोजिने, नभए अन्य

Read More

इन्टरपोलमार्फत पक्राउ परेकी टिकटकर तुल्सा नेपाल ल्याइन्

ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ परेपछि नेपाल ल्याइएकी छन्। उनीविरुद्ध ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। प्रहरीका अनुसार रेड नोटिस जारी भएपछि उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्। हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ र अदालतमा पेस

Read More

चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो

महिला एसियन गेम्स क्रिकेट छनोटको तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएलएस पद्धतिअनुसार ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको छ। वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा नेपालले ५० रन बनाएको थियो। त्यसपछि चीनले संशोधित ४३ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले अविजित २२ रन बनाइन्

Read More

सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी

Read More

आज संसद्का दुवै सदनको बैठक, विधेयक र महासन्धीमाथि छलफल हुने

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान ११:१५ बजे सुरु हुनेछ। प्रतिनिधिसभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् भने श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धी पनि

Read More

कुशल भुर्तेलको शतकमा चीनमाथि नेपालको २२१ रनको विशाल जीत

एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो। कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले भने कुशल मल्ल ८५ र रोहित पौडेल ६९ रनमा अविजित रहे। जवाफी ब्याटिङमा

Read More

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

नेप्से १ अंकले घट्यो, कारोबार २.४५ अर्बमा सीमित

नेप्से परिसूचक सोमबार १.०३ अंकले घटेर झिनो गिरावटमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घट्दै २ अर्ब ४५ करोड रुपैयाँमा सीमित रह्यो। कुल ४३ हजारभन्दा बढी कारोबारबाट ५८ लाख कित्ता सेयर किनबेच भयो। कारोबारमा ११९ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको घट्यो भने १२ कम्पनी स्थिर रहे। उपसमूहतर्फ वित्त, होटल

Read More

एमाले प्रचारमा ओलीको फोटो हट्यो, संस्थापक नेतामै केन्द्रित

काठमाडौं । नेकपा एमालेले हालका प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाएको छ। पार्टीको ७७औँ स्थापना दिवसको सामग्रीमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर मात्र राखिएका छन्। नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Read More