आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपाल राष्ट्रिय क्रिकेट टोली ले ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाउँदै घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियको नयाँ कीर्तिमानी योगफल तयार गरेको हो।
इशान पाण्डेले ८४ रन र दीपेन्द्रसिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेलले ४६ रन जोड्दा नेपाल बलियो स्कोरमा पुगेको हो।


