Thursday, March 19, 2026
Home > स्थानीय समाचार > उदयपुरमा हावाहुरीको कहर: २ को मृत्यु, करोडौँको क्षति

उदयपुरमा हावाहुरीको कहर: २ को मृत्यु, करोडौँको क्षति

उदयपुर — शक्तिशाली हावाहुरीका कारण उदयपुरमा १ करोड २० लाखभन्दा बढीको भौतिक क्षति भएको छ भने २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हुरीले ६ स्थानीय तहका १३५ संरचनामा क्षति पुर्‍याएको छ, जसमा १२८ घर, २ विद्यालय र ५ सामुदायिक भवन छन्। अधिकांश घरका छाना उडेको बताइएको छ।

कटारी नगरपालिका क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ। यही घटनामा ६४ वर्षीय वीरेन्द्र चौधरी र ४९ वर्षीया मीनामाया तामाङको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *