Home > स्थानीय समाचार

मधेस सरकारद्वारा कर्मचारीको तलब र भत्ता १०% बढाउने घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब र प्रोत्साहन भत्ता १०–१० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता प्रदान गरिने बताए। साथै, सरकारी सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने र सुशासन प्रवर्द्धन गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।

Read More

किचकबध उत्खननमा २,२०० वर्ष पुराना दरबारका अवशेष भेटिए

झापा । भद्रपुरस्थित ऐतिहासिक किचकबध क्षेत्रमा गरिएको नवौं चरणको उत्खननबाट करिब २,२०० वर्ष पुराना ९ वटा दरबारका संरचना फेला परेका छन्। पुरातत्व विभागको सहयोगमा सम्पन्न उत्खननका क्रममा दरबार, पर्खाल, सुरक्षा संरचना, युद्ध सामग्री र प्राचीन इँटाका अवशेष भेटिएको पुरातत्वविद्हरूले बताएका छन्। कार्बन परीक्षणका आधारमा यी संरचना शुङ्ग–कुषाण कालका रहेको अनुमान गरिएको

Read More

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन्। भन्सारतर्फ नियन्त्रणमा लिइएका भैंसी लैजाँदै गर्दा गुलरिया–नेपालगञ्ज सडकखण्डमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते जवान दीपक कुमार जङ शाहको उपचार भइरहेको छ।

Read More

झापामा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको छ। प्रहरीका अनुसार आइतबार बिहान घरबाहिर निस्किने क्रममा हात्तीले आक्रमण गरेको थियो। घटनापछि शव परीक्षणका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

नीतिगत अन्योलले धरानको ‘वेस्ट टु इनर्जी’ परियोजना ठप्प

धरानमा फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनलाई जोड्ने ३० करोड रुपैयाँ लागतको ‘वेस्ट टु इनर्जी’ परियोजना नीतिगत अस्पष्टता र स्थानीय तहको आवश्यक सहयोग नपाउँदा बन्द भएको छ। तीन वर्षअघि सञ्चालनमा आएको परियोजनाले दैनिक बायोग्यास, जैविक मल र पुनःप्रयोगयोग्य सामग्री उत्पादन गर्दै आएको थियो। तर उत्पादनको गुणस्तर, बिक्री तथा प्रयोगसम्बन्धी स्पष्ट सरकारी मापदण्ड

Read More

झापामा युवतीमाथि दुर्व्यवहार, चार जना प्रहरी नियन्त्रणमा

बिर्तामोड । झापाको चारपाने क्षेत्रमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरिएको थियो। घटनापछि खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। घाइते युवतीको उपचार भइरहेको छ भने घटनामा संलग्नविरुद्ध

Read More

भरुवा बन्दुक सफा गर्दा दुर्घटना, धनकुटामा एक जनाको ज्यान गयो

धनकुटा । महालक्ष्मी नगरपालिका–९ मा भरुवा बन्दुक सफा गर्ने क्रममा दुर्घटना हुँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार बारुद लोड भएको बन्दुकको नाल तताएर सफा गर्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको थियो। बारुद मुखमा लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि प्रहरीले बन्दुक नियन्त्रणमा लिएर

Read More

धनकुटामा यात्रुवाहक बस पल्टियो, ११ जना घाइते

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ मा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि धरान पठाइएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने

Read More

पोखरा ल्यान्डफिल्ड क्षेत्रमा बमजस्तो वस्तु फेला

पोखरा । पोखरा महानगरपालिका–२१ स्थित फोहोर व्यवस्थापनस्थलमा बिहीबार शंकास्पद बमजस्तो वस्तु फेला परेको छ। फोहोर संकलन गरिएको सामग्री छान्ने क्रममा उक्त वस्तु भेटिएको प्रहरीले जनाएको छ। वस्तु बम हो वा होइन भन्नेबारे नेपाली सेनाले परीक्षण गरिरहेको छ। घटनापछि सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएको जनाएको छ।

Read More

फिर्के खोला अतिक्रमण हटाउने अभियानमा १६० संरचना हटाइयो

कास्की । पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण अभियानअन्तर्गत खोलाघरभित्र रहेका १६० स्थायी तथा अस्थायी संरचना हटाएको छ। जेठ १० देखि सुरु गरिएको अभियानले फिर्के खोलाको प्राकृतिक बहाव कायम राख्न र फेवाताल संरक्षणमा सहयोग पुर्‍याउने लक्ष्य लिएको महानगरले जनाएको छ। महानगरले खोलामा ढल मिसाउने कार्य १० दिनभित्र बन्द गर्न चेतावनी दिएको छ भने

Read More