हेटौंडा — बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीको न्यूनतम भाडा २४ रुपैयाँ कायम गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि चैत २८ देखि लागू हुने गरी भाडा समायोजन गरिएको हो।
नयाँ दर अनुसार १० किमीसम्म ३३, १५ किमीसम्म ३९, २० किमीसम्म ४४ र सोभन्दा माथि ५० रुपैयाँ निर्धारण गरिएको छ। ट्याक्सीको फ्ल्यागडाउन ५८ रुपैयाँ र प्रत्येक २०० मिटरमा १२ रुपैयाँ लाग्नेछ।
उपत्यका बाहिर १७.३५% भाडा वृद्धि गरिएको छ भने मालवाहक भाडा पनि बढाइएको छ। तर विद्युतीय सवारीको भाडा भने यथावत राखिएको छ।


