काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शुक्रबार हुने निर्वाचनमा रास्वपाको समर्थन श्रम संस्कृतिका उम्मेदवारतर्फ रहनेछ।


