Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एक महिनामा ६२ हजार नेपाली श्रमिक विदेशिए: स्वदेशमा श्रमको मूल्य र सम्मान छैन

एक महिनामा ६२ हजार नेपाली श्रमिक विदेशिए: स्वदेशमा श्रमको मूल्य र सम्मान छैन

काठमाडौं – पछिल्लो एक महिनामा ६२ हजार २६५ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। स्वदेशमा उचित पारिश्रमिक नपाउने, काममा अपमानजनक व्यवहार भोग्ने र रोजगारको स्थायित्व नहुँदा युवा श्रमिकहरू विदेशिन बाध्य भएको श्रम अधिकारकर्मीहरूले बताएका छन्।

वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार, युवा बेरोजगारदर १२.७ प्रतिशत छ भने श्रम बजारमा सहभागी दर ३७.५ प्रतिशत मात्रै छ। सरकारले रोजगारी सृजना गर्ने डिजिटल ‘श्रम संसार प्रणाली’ सञ्चालन गरेको भए पनि हालसम्म केवल अत्यल्प मात्र श्रमिकले नै रोजगारी पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *