काठमाडौं, जेठ ३, २०८३ — नेपाल सुपर लिग (एनएसएल)को चौथो संस्करण भदौ २० गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
यसपटक एनएसएल पहिलोपटक ‘होम एन्ड अवे’ प्रणालीमा खेलाइनेछ। यसअघि सबै खेल काठमाडौंको दशरथ रंगशालामा मात्र हुँदै आएको थियो।
प्रतियोगितामा टोली संख्या पनि बढाइने भएको छ। हालसम्म सात टोली रहेकोमा यस संस्करणमा १० देखि १२ टोली सहभागी गराउने तयारी गरिएको छ।
अघिल्ला संस्करणमा काठमाडौं रेन्जर्स र ललितपुर सिटीले उपाधि जितेका थिए।


