राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल फुटबल संघलाई स्वीकृतिबिना निर्वाचन नगर्न कडा चेतावनी दिएको छ।
राखेपले कानुनी प्रक्रिया र समन्वयबिना गरिएको निर्वाचन मान्य नहुने स्पष्ट पार्दै तत्काल साधारण सभा र निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको छ।निर्देशन उल्लंघन गरे कानुनअनुसार कारबाही हुने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समेत एन्फालाई भनिएको छ।


