काठमाडौंस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाइएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक अनियमिततासम्बन्धी छानबिन चलिरहेको भन्दै पदाधिकारीहरूको विदेश भ्रमण रोक्न मन्त्रालयमार्फत निर्देशन दिएको हो। त्यसपछि अध्यागमन विभागले उनीहरूको पासपोर्ट रोक्का गरेको जनाइएको छ।
राखेपले कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी एन्फाको आर्थिक विषयमा अनुसन्धान गरिरहेको छ।
अर्ली इलेक्सन विवादपछि एन्फालाई यसअघि नै तीन महिनाका लागि निलम्बन गरिएको थियो।


