Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > एन्फा महिला लिग : एनआरटीलाई हराउँदै सङ्कटा विजयी

एन्फा महिला लिग : एनआरटीलाई हराउँदै सङ्कटा विजयी

काठमाडौँ — शहीद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा सङ्कटा क्लबले एनआरटीलाई ४–० ले हराउँदै विजयी शुरुआत गरेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाका लागि सुक्रिया मिया, विन थेङ्गी टुन, लुसिया लिला जोस र क्वीनबेल अकोसुआ अमनक्राहले गोल गरे।

प्रतियोगितामा ९ टोली सहभागी छन् र लिग वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *