Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले नेताविरुद्ध यौन शोषण आरोप, तीन जना माइतीघरमा धर्ना

एमाले नेताविरुद्ध यौन शोषण आरोप, तीन जना माइतीघरमा धर्ना

काठमाडौं । एमाले नेताहरूबाट यौन शोषणमा परेको आरोप लगाउँदै तीन जना महिलाले माइतीघरमा धर्ना सुरु गरेका छन्।

कालिकोटकी जमुना खत्री चैत ८ गतेदेखि धर्नामा छिन् भने बिहीबारदेखि धादिङकी शोभा पाठक र बझाङकी रस्मिला धामी पनि आन्दोलनमा जोडिएका हुन्।

उनीहरूले एमाले नेता महेश बस्नेत, ऐन महर र कर्ण मल्लविरुद्ध आरोप लगाउँदै कारबाही र पक्राउको माग गरेका छन्। मल्ल भने यसअघि नै पक्राउ परेर अनुसन्धानमा छन्, जबकि अन्यमाथिका मुद्दा अदालतमा विचाराधीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *