काठमाडौँ । केपी शर्मा ओली को पक्राउविरुद्ध भएको प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा भएका छन् भने एक फरार अभियुक्त भने थुनामा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका विमल धमला बैंकिङ कसुरका मुद्दामा फरार रहेको पुष्टि भएको छ। उनले बबरमहल क्षेत्रमा सवारी साधन तोडफोड गर्ने प्रयास गरेका थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


