Friday, June 05, 2026
Home > खेलकुद समाचार > एरिका गुरुङ फेरि रजतमा सीमित, प्रिमियर लिग फाइनलमा पराजित

एरिका गुरुङ फेरि रजतमा सीमित, प्रिमियर लिग फाइनलमा पराजित

नेपाली कराते खेलाडी एरिका गुरुङ डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित हुँदै फेरि रजत पदकमा सीमित भएकी छन्। चीनको लेसनमा भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग २–१ अंकले पराजित भइन्। यो एरिकाको प्रिमियर लिगमा दोस्रो रजत पदक हो। यसअघि पनि उनले सोही प्रतिद्वन्द्वीसँगै फाइनलमा पराजित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *