Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसईई सुरु, नतिजा एक महिनाभित्र प्रकाशित हुने

एसईई सुरु, नतिजा एक महिनाभित्र प्रकाशित हुने

काठमाडौं – बिहीबार (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। यस वर्ष ५ लाख १२ हजार विद्यार्थी परीक्षा दिन लागेका छन्। देशभर १ हजार ९ सय ६५ परीक्षा केन्द्र र जापानमा १ केन्द्र रहेको छ।

काठमाडौँमा सबैभन्दा बढी १३५ केन्द्रमा ४१ हजार विद्यार्थी सहभागी छन्, भने मनाङमा एउटै केन्द्रबाट ३७ विद्यार्थी परीक्षा दिनेछन्। जापानमा २३ विद्यार्थी परीक्षा दिनेछन्।

बाल सुधारगृह, विशेष क्षमता र अपांगता भएका विद्यार्थीका लागि पनि विशेष व्यवस्था गरिएको छ। परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच गरी नतिजा एक महिनाभित्र प्रकाशित गरिनेछ।

विद्यार्थीलाई समयमै परीक्षा केन्द्र पुग्न, प्रवेशपत्र र आवश्यक सामग्री साथमा ल्याउन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *