Friday, June 05, 2026
Home > खेलकुद समाचार > एसियन गेम्स महिला क्रिकेट छनोट: चीनमाथि नेपाललाई १९ रनको जित

एसियन गेम्स महिला क्रिकेट छनोट: चीनमाथि नेपाललाई १९ रनको जित

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

मलेसियाको बायोमास ओभलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो। जवाफी ब्याटिङमा चीनले निर्धारित ओभर खेल्दै ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि पूजा महतोले ६३ रनको उत्कृष्ट इनिङ खेलिन् भने रुवी पोदार २२ रनमा अविजित रहिन्। जितसँगै नेपालले समूह ‘बी’ मा २ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *