Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओलीको दाबी: आपतकालीन अवस्थामा सेनाबाट सहयोग नपाएपछि राजीनामा दिनुपर्यो

ओलीको दाबी: आपतकालीन अवस्थामा सेनाबाट सहयोग नपाएपछि राजीनामा दिनुपर्यो

काठमाडौं, २०८२ चैत २२ – जेनजी आन्दोलनबाट अपदस्त भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा नेपाली सेनाबाट अपेक्षित सहयोग नपाएपछि राजीनामा दिएको बताएका छन्। उनले भदौ २४ गते सेनासँग सहयोग माग्दा सन्तोषजनक प्रतिक्रिया नपाउँदा राजीनामा दिनुपरेको जनाएका छन्।

ओलीले अदालतमा दिएको बयानमा उक्त घटनालाई नेपाल राष्ट्रविरुद्धको षडयन्त्रको रूपमा आरोप लगाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। उनले शान्तिपूर्ण आन्दोलनको दावी भए पनि द्वन्द्व सिर्जना भएकोमा दुःख व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *