Wednesday, March 18, 2026
Home > स्थानीय समाचार > कटारीमा हुरीबतासबाट दुईको मृत्यु, ६ घाइते

कटारीमा हुरीबतासबाट दुईको मृत्यु, ६ घाइते

उदयपुर — कटारी नगरपालिकामा सोमबार साँझ आएको हुरीबतासका कारण रुख ढलेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङ र कटारी–५ तीनकुनेका ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको हो।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित अस्पताल रिफर गरिएको छ भने अन्य चार जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

हुरीबतासले कटारी क्षेत्रका घरका छाना उडाउनुका साथै अन्य भौतिक क्षति पनि भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *