Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडियाबाट ७ नेपाली उद्धार, नेपाल फर्काईए

कम्बोडियाबाट ७ नेपाली उद्धार, नेपाल फर्काईए

काठमाडौँ — थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका सात नेपालीलाई उद्धार गरी सोमबार नेपाल फर्काएको छ।

उद्धार गरिएका नेपालीलाई त्यहाँ अवैध अनलाइन ठगी, क्यासिनो र अन्य गैरकानुनी काममा लगाइएको थियो। दूतावासका अनुसार, राहदानी जफत हुने र ट्रान्सफरका क्रममा हराउने समस्या पनि भएको थियो।

नेपाल फर्किएका नेपालीहरूलाई दूतावासले बिनाशुल्क यात्रा अनुमतिपत्र उपलब्ध गराएको छ। दूतावासले वैदेशिक रोजगारीमा जान अनुमति र मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *