झापा — काँकडभिट्टा नाकाबाट प्रहरीले करिब ५० हजार रुपैयाँ बराबरका अवैध किराना सामान बरामद गरेको छ।
भारतबाट ल्याइएका कोकाकोला, खैनी, अगरबत्ती र स्याम्पु लगायतका सामग्री निगरानीका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सरकारले नियम कडा गरेपछि सीमावर्ती क्षेत्रमा सामान ल्याउने गतिविधिमा कडाइ गरिएको हो।
बरामद सामग्री प्रहरी कार्यालयमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।


