काठमाडौं — नेपाली कांग्रेसको गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले दायर गरेको रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी क्रम संख्या २२ मा सुनुवाइ तोकिएको छ। रिटमा आयोगको निर्णय बदर गरी नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।


