काठमाडौं — युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र सुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।
दूतावासले गैरकानुनी गतिविधिमा संलग्न भए १–३ वर्ष कैद र १–२ लाख दिराम जरिवाना हुन सक्ने चेतावनी दिएको छ। यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन दूतावासले सुझाव दिएको छ।


