Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले नवनिर्वाचित सांसदहरूको लागि चैत १४ गते अभिमुखीकरण कार्यक्रम तय

कांग्रेसले नवनिर्वाचित सांसदहरूको लागि चैत १४ गते अभिमुखीकरण कार्यक्रम तय

नेपाली कांग्रेसले आफ्ना संघीय सांसदहरूका लागि चैत १४ गते विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका नयाँ सदस्यहरूलाई संसदीय प्रक्रिया, अभ्यास र पार्टीको प्राथमिकताबारे प्रशिक्षण दिइनेछ।

पार्टीका अनुसार निर्वाचनपछि सांसदहरूलाई सदनमा प्रभावकारी बनाउन र संसदीय दललाई व्यवस्थित एवं सक्रिय बनाउने रणनीतिसहित कार्यक्रम तय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *