Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस समानुपातिक सांसद सूचीमा नेताका आफन्त र पुराना अनुहारको बाहुल्यता

कांग्रेस समानुपातिक सांसद सूचीमा नेताका आफन्त र पुराना अनुहारको बाहुल्यता

काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिक सांसदको २० सदस्यीय सूची निर्वाचन आयोगमा पठाएको छ। सूचीमा पार्टीका शीर्ष नेताका परिवार, आफन्त र पटक–पटक सत्तामा आएका पुराना अनुहारको बाहुल्यता देखिएको छ।

सभापति गगन थापा को नेतृत्वमा सिफारिसमा अर्जुननरसिंह केसी, डा. चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रीना उप्रेती जस्ता नेता समावेश छन्। आदिवासी, दलित, मधेसी र मुस्लिम क्लस्टरबाट पनि प्रतिनिधि सिफारिस गरिएको छ।

प्रत्यक्षतर्फ पराजित वा पटक–पटक अवसर पाएका व्यक्तिहरूलाई प्राथमिकता दिँदा कांग्रेसभित्र अवसर वितरणको न्यायोचिततालाई लिएर असन्तुष्टि बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *