Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन परिपत्र

कांग्रेसले निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन परिपत्र

काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा पराजयका कारणसहित विस्तृत चुनावी समीक्षा प्रतिवेदन बुझाउन सबै प्रदेश र जिल्ला स्तरका सभापति तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

फागुन २१ को निर्वाचनपछि अनुभव, सुझाव र सुधारका विषयहरू समेटेर प्रतिवेदन चैत ३ भित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ। साथै, जिल्ला र प्रदेश अनुशासन समितिका संयोजक तथा सदस्यहरूको विवरण पनि केन्द्रीय कार्यालयमा पठाउन परिपत्रमा आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *