Monday, March 16, 2026
Home > स्थानीय समाचार > कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

कालिकोट – करेन्ट लागेर कालिकोटमा एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीय मन बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।

डिलचाखा वनमा बाख्रा चराउन गएका बेला उनलाई करेन्ट लागेको बताइएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *