८ चैत, काठमाडौं कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा फसेका ३३ नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्गबाट साउदी पठाइएको हो। कुवेत र कतारको हवाई सेवा प्रभावित भएपछि, यात्रुहरूलाई साउदी भिसा लिएर स्थलमार्ग प्रयोग गरेर गन्तव्यमा पठाउने प्रक्रिया जारी छ। यसअघि, ६९ जना नेपालीलाई पनि रियादबाट पठाइएको थियो।


