काठमाडौँ । पूर्णबहादुर खड्का ले कार्यवाहक सभापति पदमा जारी गरेको विज्ञप्ति पार्टीको निर्णयविपरीत भएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
पदाधिकारी बैठकले यसलाई ‘अनुशासनबाहिरको विषय’ भन्दै यदि खड्का समानान्तर गतिविधि जारी राखे क्रियाशील सदस्यता अद्यावधिक नगर्ने सम्भावना रहेको बताएको छ।
पार्टी प्रवक्ता देवराज चालिसे ले सरकारको दोहोरो मापदण्डको विरोध गर्दै सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वको फरक व्यवहारप्रति प्रश्न उठाएका छन्।


