Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा ३ अन्तर्राष्ट्रिय उडान डाइभर्ट, सयौँ यात्रु प्रभावित

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा ३ अन्तर्राष्ट्रिय उडान डाइभर्ट, सयौँ यात्रु प्रभावित

खराब मौसम र कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आइतबार तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।

इस्तानबुलबाट आएको टर्किस एयरलायन्सको विमान दिल्ली, छेन्दुबाट आएको एयर चाइनाको विमान ल्हासा र सिचुआन एयरलायन्सको विमान पुनः छेन्दु फर्किएको छ। यसले करिब ६ सय यात्रु प्रभावित भएका छन्।

विमानस्थलका अनुसार काठमाडौं प्रवेश मार्गमा भिजिबिलिटी करिब १६ सय मिटरमा झरेपछि उडान डाइभर्ट गर्नुपरेको हो। पछि मौसम सुधारिएर भिजिबिलिटी बढेपछि उडान सञ्चालन क्रमशः सामान्य हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *