काठमाडौं, १३ चैत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी सिता वादीका आमाबुबा अझै पनि सुर्खेतको झुप्रा खोलामा गिटी कुटेर जीवनयापन गरिरहेका छन्। छोरी मन्त्री बनेको खबर टिभीमा हेर्दै उनीहरू भावुक बनेका छन्।
गरिबीबीच छोरीलाई पढाएर मन्त्री बनाएकोमा खुसी व्यक्त गर्दै उनीहरूले अब वादी समुदायको शिक्षा, स्वास्थ्य र बसोबासका समस्या समाधानमा छोरीले ध्यान दिने अपेक्षा गरेका छन्।


