Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति

काठमाडौं: रक्षा बम ले आर्थिक हैसियतका आधारमा नागरिकको जीवनस्तरलाई गलत ठान्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएकी छिन्।

उनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै गरिबीलाई व्यक्तिगत असफलता जस्तो देखाउने सोच गलत भएको बताएकी हुन्। नेपालमा ठूलो जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनले राज्यले समान अवसर सुनिश्चित गर्न नसकेको पनि टिप्पणी गरेकी छिन्।

बमले पदीय जिम्मेवारीमा रहेका व्यक्तिहरूले नागरिकको बाध्यतालाई सम्मान गर्नुपर्ने र गरिबीलाई अपराधका रूपमा चित्रित गर्न नहुने सुझाव दिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *