नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
चाँदी पनि तोलामा १ सय रुपैयाँले घट्दै ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्यमा उतारचढाव आएको बताइएको छ।


