Thursday, March 19, 2026
Home > स्थानीय समाचार > चितवनमा रगतको चरम अभाव

चितवनमा रगतको चरम अभाव

चितवन — नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा रगतको चरम अभाव भएको भन्दै रक्तदान गर्न अपिल गरेको छ।

दैनिक करिब १५० यूनिट रगत आवश्यक पर्ने भए पनि रक्तदान कार्यक्रम न्यून हुँदा अस्पतालहरूमा उपचार प्रभावित भएको जनाएको छ।

रेडक्रसले बिरामीको उपचारमा समस्या नआओस् भनेर सबैलाई रक्तदान गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *