स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको विषयमा छानबिन गरी कारबाही गर्न निर्देशन दिएकी छन्।
जेनजी आन्दोलनका क्रममा जलेका गाडीहरूलाई देखाएर केही कर्मचारीले अनियमित रूपमा इन्धन सुविधा लिएको खुलासा भएपछि मन्त्रीले तत्काल अनुसन्धान अघि बढाउन आदेश दिएकी हुन्।
मन्त्रालय र मातहतका निकायका कुल २४ वटा गाडी जलेका थिए। ती गाडीको विवरण देखाएर इन्धन लिने गरेको पाइएपछि छानबिन प्रक्रिया सुरु गरिएको बताइएको छ।


