काठमाडौं – राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनताका लागि आशाको दियो बन्न सुझाव दिएका छन्। उनले प्रतिनिधि सभामा भने, “डँढेलो बन्न खोज्ने सरकारलाई नियन्त्रण र निभाउने साहस हाम्रो छ।”
शाहीले विगतका कमजोरी नदोहराउने, जनताको आवाज सुन्ने सरकारको आवश्यकता औंल्याए। उनले आवश्यक परे राप्रपाले दुई तिहाइ अंक जुटाउन सहयोग गर्ने र संविधान संशोधन तथा प्रदेश खारेजमा समेत समर्थन गर्न तयार रहेको बताए।


