Wednesday, March 18, 2026
Home > स्थानीय समाचार > झापाबाट ७ जना पक्राउ

झापाबाट ७ जना पक्राउ

झापा । भद्रपुरबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले मंगलबार राति दुई स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भद्रपुर–६ मा गरिएको छापामा करिब ५० ग्रामभन्दा बढी ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् भने भद्रपुर–५ बसपार्क क्षेत्रबाट थप ११ ग्रामभन्दा बढी लागुऔषधसहित ४ जना पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *