Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > डोल्पामा यार्सागुम्बा संकलन खुला, हातहतियार र प्लास्टिक प्रयोगमा कडाइ

डोल्पामा यार्सागुम्बा संकलन खुला, हातहतियार र प्लास्टिक प्रयोगमा कडाइ

डोल्पा — जेठ १० देखि एक महिनासम्म यार्सागुम्बा संकलन खुला गरिने भएको छ। सर्वदलीय बैठकले पाटन खुलाउने निर्णय गर्दै संकलनलाई व्यवस्थित बनाउन कडाइ गर्ने जनाएको छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार संकलन अवधिभर हातहतियार प्रयोग, प्लास्टिक फोहर फाल्ने, जथाभावी आगो बाल्ने, अवैध औजार प्रयोग गर्ने र तोकिएको स्थानबाहेक टेन्ट राख्न निषेध गरिएको छ।

प्रवेश शुल्क मध्यवर्ती क्षेत्रका लागि ५००, जिल्लावासीका लागि २००० र बाहिरकाका लागि ३००० रुपैयाँ तोकिएको छ। सुरक्षा, अनुगमन, स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमलाई समेत प्रभावकारी बनाइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *