Tuesday, March 17, 2026
Home > स्थानीय समाचार > ताप्लेजुङमा इनिसाको न्यायका लागि विद्यार्थी आन्दोलन

ताप्लेजुङमा इनिसाको न्यायका लागि विद्यार्थी आन्दोलन

ताप्लेजुङ — सुर्खेतकी १६ वर्षीया इनिसा विकमाथि भएको बलात्कार र हत्याप्रति ध्यानाकर्षण गर्दै ताप्लेजुङका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गरेका छन्। पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थी, स्वतन्त्र विद्यार्थी युनियन र अन्य विद्यार्थी संगठनका सदस्यहरूले “इनिसालाई न्याय दे” लगायतका नारासहित नगर परिक्रमा गरेका थिए। प्रदर्शन तोक्मेडाँडाबाट सुरु भई वीरेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो। क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि संगठित भएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताइन्। इनिसा विक फागुन २३ मा वीरेन्द्रनगर–४ स्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् र उपचारका क्रममा मृत घोषित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *