Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > तीन करोड हिनामिना प्रकरणमा सुर्खेत नगर विकासका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तीन करोड हिनामिना प्रकरणमा सुर्खेत नगर विकासका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा सुर्खेत उपत्यका नगर विकास समितिका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलित राजस्वमध्ये २ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको हो।

मुद्दामा तत्कालीन सदस्य सचिव टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, सह–लेखापाल खड्कबहादुर राना तथा दिवंगत लेखा अधिकृत हरीबहादुर क्षत्रीलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले उनीहरूमाथि बिगो असुल, जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *