काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती हटाइएपछि आफू घरबारविहीन भएको बताउने ६ परिवारलाई दशरथ रंगशालामा स्थानान्तरण गरिएको छ।
काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर चलाएर अव्यवस्थित बस्ती खाली गराएको हो। नगरप्रहरी र नेपाल प्रहरीले स्थानान्तरण चाहने परिवारलाई आवश्यक सहयोगसहित सुरक्षित स्थानमा पुर्याएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।


